समाचारमंगलबार, २४ पौष , २०७५

रोजगारीका लागि मलेशिया जाने बाटो अझै दुइ महिना नखुल्ने

हिमालखबर

मलेशिया सरकारले नेपाल सहितका विदेशी कामदार भर्ना सम्बन्धी विषयको प्रतिवेदन दुई महीनाभित्र तयार पार्ने भएको छ ।

मलेशियाका मानव संसाधन उपमन्त्री डाटुक महफुज ओमरले प्रतिवेदनमाथि छलफल चलिरहेकाले दुइ महीनाभित्र तयार गर्ने बताएका हुन् ।

उपमन्त्री ओमरले उक्त प्रतिवेदनमा आधारित रहेर ‘इन्डिपेन्डेन्ट फेरन वर्कस कमिटी’ ले विदेशी कामदारको भर्ना सम्बन्धी आवश्यक निर्णय लिने बताएका छन् ।

मलेसिशाको ‘द सन डेली’ले उनको भनाई उद्धृत गर्दै भनेको छ, “विदेशी कामदारसम्बन्धी कुनै पनि नीति समितिको सुझावका आधारमा तय हुने छ ।”

उपमन्त्री ओमारले रिपोर्ट तयार भएपछि विदेशी कामदार नियुक्त गर्ने सम्बन्धी समस्या समाधान हुने बताएका छन् ।

नेपाल सरकारका अधिकारीहरु मलेशियाली उपमन्त्रीको भनाइका आधारमा दुई महीनासम्म मलेशियामा रोजगारीको बाटो नखुल्ने बताउँछन् ।

प्रतिकृया दिनुहोस