एमसीए नेपालको कार्यकारी अधिकृतमा विष्ट नियुक्त
मिलिनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालको कार्यकारी अधिकृतमा खड्गबहादुर विष्ट नियुक्त भएका छन् ।
एमसीए नेपालको छैटौं सञ्चालक समितिको बैठकले विष्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि सञ्चालक समितिको बैठकले बनाएको समितिले विष्टलाई खुला प्रतिस्पर्धाबाट छनोट गरेको थियो ।
ऊर्जा र विकासको क्षेत्रमा २५ वर्ष काम गरेका विष्टले हिमाल पावर लिमिटेड, खिम्ती–१ जलविद्युत् आयोजना, आइपान लगायतका संस्थामा नेतृत्वदायी भूमिका निभाइसकेका छन् ।
नेपालको सडक र ऊर्जाको क्षेत्रमा काम गरिरहेको एमसीए नेपाल अमेरिकी सरकारको अनुदानमा सञ्चालित छ ।