कला/साहित्यमंगलबार, २४ पौष , २०७५

गोल्डेन ग्लोब अवार्ड्समा फिल्म 'रोमा' को पकड (सूचीसहित)

हिमालखबर

७६औं गोल्डेन ग्लोब अवार्डले २०१८ मा आएका उत्कृष्ट फिल्म र टेलिभिजन सिरिजलाई सम्मान गरेको छ। अमेरिकाको क्यालिफोर्नियास्थित दी बेवर्ली हिल्टन बउलरुममा आयोजित समारोहमा मेक्सिकोको फिल्म 'रोमा' ले विदेशी भाषाको फिल्मको अवार्ड जितेको छ।

यो फिल्मले अल्फान्सो कुआरोनलाई उत्कृष्ट निर्देशकको अवार्डसमेत दिलायो। उत्कृष्ट फिल्म म्यूजिकल/कमेडी जनरामा 'ग्रिन बुक' बन्न सफल भयो। यस्तै, उत्कृष्ट अभिनेताको अवार्ड ड्रामातर्फ फिल्म 'बोहेमिया रेपसोडी' बाट रामी मालेक र म्यूजिकल/कमेडीतर्फ 'भाइस' बाट क्रिश्चियन बेलले जिते।

उत्कृष्ट अभिनेत्रीको अवार्डबाट ड्रामातर्फ फिल्म 'दी वाइफ' बाट ग्लेन क्लोज र म्यूजिकल/कमेडीतर्फ 'दी फेवरेट' बाट ओलिविया कोलम्यान सम्मानित भइन्। टेलिभिजनमार्फत लामो समयदेखि दर्शकलाई हँसाउँदै आएकी अमेरिकी अभिनेत्री क्यारोल बर्नेटलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो।

यस्तो छ गोल्डन ग्लोब अवार्ड्स २०१९ का विजेताको सूची:

बेस्ट मोशन पिक्चर, म्यूजिकल/कमेडी : ग्रिन बुक
बेस्ट एक्ट्रेस, ड्रामा: ग्लेन क्लोज (फिल्म: दी वाइफ)
बेस्ट एक्टर, ड्रामा: रामी मालेक (फिल्म: बोहेमिया रेपसोडी)
बेस्ट डाइरेक्टर इन एनी मोशन पिक्चर: अल्फान्सो कुआरोन (फिल्म: रोमा)
बेस्ट एक्ट्रेस, म्यूजिकल/कमेडी: ओलिविया कोलम्यान (फिल्म: दी फेवरेट)
बेस्ट एक्टर, म्यूजिकल/कमेडी: क्रिश्चियन बेल (फिल्म: भाइस)
बेस्ट सपोर्टिङ एक्टर इन एनी मोशन पिक्चरः माहेरशला अली (फिल्म: ग्रिन बुक)
बेस्ट सपोर्टिङ एक्ट्रेस इन एनी मोशन पिक्चरः रेजिना किंग (फिल्म: इफ बिल स्ट्री क्लाउड टक)
बेस्ट एक्ट्रेस, टेलिभिजन सिरिज/मोशन पिक्चर मेड फर टेलिभिजनः पेट्रिशिया आर्केट, स्केप एट डेनमोरा
बेस्ट एक्टर, टेलिभिजन सिरिज/मोशन पिक्चर मेड फर टेलिभिजनः डेरेन क्रिस, दी एसेसिनेशन अफ जियानी वर्साचेः अमेरिकन क्राइम स्टोरी
बेस्ट एक्ट्रेस, टेलिभिजन सिरिज, म्यूजिकल या कमेडीः रेचल ब्रासनन, द मार्वलस मिसेज मेजल
बेस्ट एक्टर, टेलिभिजन सिरिज, म्यूजिकल या कमेडीः माइकल डगलस (फिल्म: द कोमिन्स्की मेथड)
बेस्ट एक्ट्रेस इन टेलिभिजन सिरिज, ड्रामाः सेन्ड्रा ओह (फिल्म: किलिङ इभ)
बेस्ट एक्टर, टेलिभिजन सिरिज, ड्रामाः रिचर्ड मडेन (फिल्म: बडीगार्ड)
बेस्ट टेलिभिजन सिरिज, म्यूजिक या कमेडीः द कोमिन्स्की मेथड (नेटफ्लिक्स)
बेस्ट सपोर्टिङ एक्ट्रेस, टेलिभिजन सिरिज/मोशन पिक्चर मेड फर टेलिभिजनः पेट्रिशिया कलार्कसन (फिल्म: सार्प अब्जेक्ट्स)
बेस्ट सपोर्टिङ एक्टर, टेलिभिजन सिरिज/मोशन पिक्चर मेड फर टेलिभिजनः बेन ह्विशा (फिल्म: अ भेरी इंग्लिश स्क्यान्डल)
बेस्ट मोशन पिक्चर, फरेन ल्याङ्ग्वेजः रोमा, मेक्सिको
बेस्ट मोशन पिक्चर, एनिमेटेडः स्पाइडर-म्यान इनटू द स्पाइडर-भर्स
बेस्ट स्क्रिनप्ले इन एनी मोशन पिक्चरः पिटर फरेले, निक वेलेलोङ्गा, ब्रायन क्यूरी (फिल्म: दी ग्रिन बुक)
बेस्ट ओरिजिनल सङ इन एनी मोशन पिक्चरः स्यालो, लेडी गागा (फिल्म: अ स्टार इज बर्न)
बेस्ट ओरिजनल स्कोर इन एनी मोशन पिक्चरः जस्टिन हर्वित्ज (फिल्म: फर्स्ट म्यान)
बेस्ट टेलिभिजन सिरिज/मोशन पिक्चर मेड फर टेलिभिजन, ड्रामाः द अमेरिकन्स

प्रतिकृया दिनुहोस