समाचारमंगलवार, पौष २४, २०७५

मस्यौदा संशोधन गर्न उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग तयार

हिमालखबर

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षाको २५ वर्षे मार्गचित्रका केही बुँदा संशोधन गर्ने भएको छ ।

निजी विद्यालय र सरोकारवाला अन्य निकायको तीव्र विरोधपछि मस्यौदा संशोधन गर्ने तयारी भएको हो ।

मस्यौदा संशोधन गरेर १० वर्षभित्र नाफामुलक निजी विद्यालयलाई गैरनाफामुलक बनाउने तयारी भएको आयोगका सदस्य प्रा.डा. विद्यानाथ कोइरालाले जानकारी दिए ।

जसअनुसार हाल नाफामुलक कम्पनीका रुपमा रहेका निजी विद्यालय १० वर्षभित्र गैरनाफामुलक कम्पनीका रुपमा दर्ता गरिसक्नुपर्नेछ ।

संशोधनको तयारी रहेको बुँदामा १० वर्षपछि पनि कम्पनीमा आधारित निजी विद्यालय रहनेछन् तर उक्त विद्यालयका लगानीकर्ताहरुले मुनाफा बाँड्न भने पाउने छैनन् ।

त्यस्तै हाल निजी विद्यालयले दिइरहेको छात्रवृत्ती स्थानीय सरकारको सिफारिस पछि मात्रै दिनुपर्नेछ ।

यसअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको आयोगले ७ वर्षभित्र मुलुकका सम्पूर्ण निजी विद्यालय बन्द गरेर गुठीमा परिणत गर्ने मस्यौदा बनाएको थियो ।

यो साताको हिमालमा निजी विद्यालयलाई निशाना नबनाऊ शीर्षकमा सम्पादकीय र निजी विद्यालय गलाउने कि सरकारी सुधार्ने शीर्षकमा रिपोर्ट प्रकाशित छ ।

 

 

प्रतिकृया दिनुहोस