फाल्गुनन्द गोल्डकप- सशस्त्रलाई हराउँदै झापा-११ सेमीफाइनलमा
विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) लाई पराजित गर्दै झापा-११ पाँचथरको फिदिममा आयोजित फाल्गुनन्द गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ।
२३ पुसमा भएको खेलमा एपीएफलाई ३-१ गोल अन्तरले पराजित गर्दै झापा-११ ले अन्तिम चारको यात्रा तय गरेको हो।
झापाका कप्तान कर्ण लिम्बूले खेल शुरु भएको २३ औं मिनटमा गोल गर्दै आफ्नो टिमको खाता खोलेका थिए। ३२ औं मिनटमा एपीएफका मनिष लामाले १ गोल फर्काए भने ३८ औं मिनटमा झापाकै दिलेन लोक्तामले गोल गर्दै आफ्नो टिमलाई अगाडि बढाए।
कप्तान लिम्बूले खेलको ८८ औं मिनटमा एक गोल थपे। उनी नै २३ पुसको खेलमा म्यान अफ दी म्याच घोषित भए।
लक्ष्मी गौतम, पाँचथर