समाचारसोमबार, २३ पौष , २०७५

गण्डकी प्रदेशको हिउँदे अधिवेशन शुरु

हिमालखबर

गण्डकी प्रदेश सभाको हिँउदे अधिवेशन आजदेखि शुरु भएको छ ।

अधिवेशनमा गण्डकी प्रदेश सरकारले विभिन्न विधेयक टेबल गर्ने जनाएको छ ।

आजको बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक मायानाथ अधिकारीले प्रदेश सरकारको औचित्य पुष्टि हुने गरी सरकारले काम गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले संख्याका हिसाबले बलियो भएपनि उपलब्धिका हिसाबले सरकार कमजोर भएको बताए ।

बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले संघीयताकै कारण मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बताए ।

आजै बसेको प्रदेश सभाको दोस्रो बैठकले २६ मंसीरमा उपचारका क्रममा भारतको नयाँदिल्लीमा निधन भएका प्रदेशसभा सदस्य टेकबहादुर घर्ती प्रति शोक प्रस्ताव पारित गरेको छ ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट बाग्लुङबाट निर्वाचित घर्ती कलेजोको रोगबाट पीडित थिए ।

युवराज श्रेष्ठ, पोखरा

 

प्रतिकृया दिनुहोस