समाचारसोमबार, २३ पौष , २०७५

रेशम चौधरीको निवेदन सर्वोच्चद्वारा खारेज, थुनामुक्त नहुने

हिमालखबर

टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले थुनामुक्त गर्न माग गर्दै दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

चौधरीविरुद्ध कर्तव्य ज्यान, डाँका, चोरी तथा ज्यान मार्ने उद्योगको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले चौधरीलाई रिहा गर्न अस्वीकार गरेको हो ।

साथै सर्वोच्चले जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले यसअघि दिएको आदेशलाई सदर गर्दै कानून बमोजिम गर्न भनेको छ ।

चौधरीले आफूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश कानून सम्मत नभएको भन्दै उच्च अदालत दिपायलमा निवेदन दिएका थिए । तर, उच्च अदालत दिपायलले पनि जिल्ला अदालतकै आदेशलाई सदर गरेपछि उनी सर्वोच्च पुगेका थिए ।

७ भदौ २०७२ मा कैलालीको टीकापुरमा एक नाबालकसहित आठ जनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकारका रुपमा दायर गरिएको मुद्दामा दोषी ठहर भई डिल्लीबजारस्थित सदरखोरमा कैद भुक्तान गरिरहेका छन् ।

चौधरी प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट निर्वाचित भएका थिए ।

 

प्रतिकृया दिनुहोस