जापान जाने नेपालीलाई निःशुल्क कानूनी परामर्श
गैरआवासीय नेपाली संगठन जापान र विप्स ल एसोसिएट्सबीच निःशुल्क कानूनी परामर्श प्रदान गर्ने सम्झौता भएको छ।
विप्सले उच्च शिक्षा तथा रोजगारीको सिलसिलामा जापान गएका नेपालीलाई निःशुल्क कानूनी परामर्श प्रदान गर्ने सम्झौतामा उल्लेख छ। सम्झौतामा एनआरएनए जापानका तर्फबाट अध्यक्ष तासी वाङ्दी लामा र विप्स ल एसोसिएट्सका तर्फबाट सञ्चालक सन्तोष तिवारीले हस्ताक्षर गरेका छन्।
नेपालमा लगानी गर्न चाहने जापानी लगानीकर्तालाई पनि कम्पनीले कानूनी परामर्श दिने भएको छ।