रियल मड्रिडको अर्को हार, बार्सिलोना शीर्षस्थानमा अग्रता बढाउँदै
रियल मड्रिडले स्पेनिस ला लिगामा खराब प्रदर्शनलाई निरन्तरता दिने क्रममा अर्को हार व्यहोरेको छ। आइतबार रातिको खेलमा रियल सोसिडाडसँग २-० गोलले पराजित भएपछि मड्रिड लिगको अंक तालिकाको पाँचौं स्थानमा खस्केको छ।
लिगका १८ खेलमा रियलको यो छैटौं हार हो। तीन खेल बराबरी खेलेको र ९ खेलमा जित हात पारेको रियल ३० अंकसहित तालीकाको पाँचौं स्थानमा छ। शीर्षस्थानको बार्सिलोनाको समान खेलबाट ४० अंक पुगेको छ।
बार्सिलोनाले सोमबार बिहान भएको खेलमा गेटाफेलाई २-१ ले पराजित गर्दै शीर्षस्थानमा स्पष्ट ५ अंकको अग्रता कायम गर्यो। बार्सिलोनाको जितमा लिओनल मेस्सी र लुइस सुआरेजले गोल गरे। समान खेलबाट दोस्रो स्थानको एटलेटिको मड्रिडको ३५, तेस्रो स्थानको सेभियाको ३३ र चौथो स्थानको अलाभेसको ३१ अंक छ।