मकवानपुरको दामनमा हिमपात (तस्वीरहरू)
मकवानपुरको थाहा नगरपालिकाको दामन र सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएको छ।
२३ पुस बिहान हिमपात भएको पर्यटन व्यवशायी सुरथ अधिकारीले जानकारी दिए। उनका अनुसार आन्तरिक पर्यटक रमाउन मिल्ने गरी जमिनमा हिउँ जमेको छ। त्यस क्षेत्रमा हरेक हिउँद याममा हिमपात हुने गरेको छ।
काठमाडौंबाट करीब ७७ किलोमिटर पश्चिममा पर्छ दामन, जुन समुद्री सतहबाट २ हजार ३२२ मिटर उचाइमा छ। त्यहाँबाट ६.४ किमि टाढाको सीमभञ्ज्याङ समुद्री सतहबाट २ हजार ४८८ मिटर उचाइमा अवस्थित छ।
सुरजकुमार भुजेल, मकवानपुर