फाल्गुनन्द गोल्डकप- आयोजकसँग मोरङ पराजित
पाँचथरको फिदिममा जारी १० औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आयोजक फिदिम स्पोर्टिङ क्लब क्वार्टरफाइनमा प्रवेश गरेको छ।
२२ पुसमा भएको खेलमा प्रतिस्पर्धी मोरङ-११ लाई १-० गोल अन्तरले हराउँदै आयोजक क्वार्टरफाइनलमा प्रवेश गरेको हो। आयोजक टिमका तर्फबाट खेल शुरु भएको आठौं मिनटमा १० नम्बर जर्सीधारी विदेशी खेलाडी काछीले गरेको १ गोल नै निर्णायक बन्न पुग्यो।
आयोजकसँग मध्यान्तरअघि आक्रामक खेलेको मोरङले पाएको आधा दर्जनभन्दा धेरै अवसर गुमाउन पुग्दा हार व्यहोर्नु पर्यो। गोलपछि आयोजक टिमले खेल अवधिभरि रक्षात्मक खेलेको थियो।
मोरङको तर्फबाट मिलन धिमाल, भुवन बस्नेत र सुमन राइले फ्री-किकको अवसर गुमाए। खेलमा आयोजक टिमका प्रविन जवेगूले म्यान अफ दी म्याच घोषित हुँदै रु. १० हजार प्राप्त गरे।
लक्ष्मी गौतम, पाँचथर