वातावरण अभियान्ताहरुद्वारा मराकेशमा शान्ति र्याली
जलवायू परिवर्तनसम्वन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप २२ मा भेला भएका विश्वभरका वातावरण अभियान्ताहरुले वातावरण संरक्षणमा सन्देश प्रवाह गर्ने उद्देश्यले मोरक्कोको मराकेशमा शान्ति र्याली निकालेका छन् ।
र्यालीमा सहभागि वातावरणसँग सरोकार राख्ने विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै कोप २२ मा भेला भएका उनीहरुले हरितगृह ग्यास उत्सर्जनले तापक्रम वृद्धि भएकोमा चिन्ता व्यक्त गर्दै हरितगृह ग्यास उत्सर्जनको कटौती गर्नुपर्ने माग गरेका थिए ।
उनीहरुले जलवायू परिवर्तनका असरहरु कम गर्न ‘क्लाइमेट एक्सन’को माग गरेका थिए । हरेक वर्ष हुने कोपमा ¥याली निकालिने भएपनि गत वर्ष पेरिसमा भएको कोप २१ म आतंककारी हमलाका कारण फ्रान्स सरकारले सुरक्षाको कारण देखाउँदै ¥याली निकाल्न रोक लगाएको थियो ।
यसैबीच कोप २२ मा नेपालका तर्फबाट वातारण मन्त्री जयदेव जोशीले मंसिर १ गते उच्चस्तरीय वैठकलाई सम्वोधन गर्ने कार्यक्रम छ । मन्त्री जोशी ३० कात्तिक र १ मंसिरमा कोप २२ का उच्चस्तरीय वैठकमा सहभागी हुनेछन् ।
मुकेश पोखरेल, मराकेश, मोरक्को