डीपीएलमा खेलाडीको लीलामी- कसको मूल्य कति? (सूचीसहित)
आगामी २६ माघ-११ फाल्गुनमा कैलालीको धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल)का लागि २१ पुसमा काठमाडौंमा खेलाडीको लीलामी भएको छ।
दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सम्पन्न ‘अक्सन’मा कुल १८६ जना खेलाडी सहभागी थिए। तीमध्ये प्रत्येक टिमले ११ जना खेलाडी टिममा लिएका छन्। टिम खरिद गर्न टिमहरूले अधिकतम रु. १२ लाख खर्च गर्न पाउने नियम थियो। त्यसभन्दा बढी रकम खर्चिए २५ प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था थियो।
अक्सनमा सहभागी खेलाडीमध्ये ७२ जना बिक्री भए। कुल १२० जना खेलाडी बिक्री भएनन्। यस्तै, ट्यालेन्ट हन्टबाट आएका १२ खेलाडीमध्ये ६ जनालाई ६ वटा टिमले लिए।
अक्सनमा सहभागी ६ वटा टिममध्ये वसन्त रेग्मी रणनीतिक खेलाडी रहेको रूपन्देही च्यालेञ्जर्सले रु. १४ लाख ४५ हजार खर्च गर्यो। यस्तै, सोमपाल कामी रणनीतिक खेलाडी रहेको धनगढी स्टार्सले रु. १२ लाख २० हजार, शरद भेसावकर रणनीतिक खेलाडी रहेको महेन्द्रनगर युनाइटेडले ११ लाख ५० हजार, ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौं गोल्डेन्सले १० लाख ९५ हजार, करन केसी रणनीतिक खेलाडी रहेको विराटनगर किंग्सले ९ लाख ९० हजार तथा दीपेन्द्र ऐरी रहेको सीवाईसी अत्तरियाले रु. ९ लाख खर्च गर्यो।
कुन टिमले कसलाई कतिमा खरिद गरे?
काठमाडौं गोल्डेन्स
ललित राजवंशी-२ लाख ५० हजार, अनिल साह-१ लाख ७० हजार, बिक्रम भुसाल- १ लाख ६० हजार, अविनभ यादव- ३० हजार, राशिद खान- १ लाख ७० हजार , योगेन्द्र कार्की- ७० हजार, नन्दन यादव- ५० हजार, सोनु तामाङ- ६५ हजार, सूर्य तामाङ- ५० हजार, मेहबुब आलम- ५० हजार, सुधीर चौधरी-३० हजार, बिक्रम ठगुन्ना- ३० हजार
महेन्द्रनगर युनाइटेड
रोहित पौडेल- २ लाख ३० हजार , अविनाश बोहरा- १ लाख ७० हजार, आरिफ शेख- २ लाख ५० हजार ८, अमर सिंह रौटेला- १ लाख २० हजार, सागर ढकाल- १ लाख, सिद्धान्त लोहनी- ७० हजार, दिलिप नाथ- ७५ हजार, शाहब आलम- ६० हजार, कुशल मल्ल- ५० हजार, दीपेन्द्र चन्द- ३० हजार, सन्तोष भट्ट- ३० हजार, सुशील खड्का- ३० हजार
रूपन्देही च्यालेञ्जर्स
भीम सार्की- २ लाख ५० हजार, ललित भण्डारी- २ लाख ५० हजार, प्रदीप ऐरी- २ लाख ४० हजार, पुरन विक- ५० हजार, सन्दीप सुनार- १ लाख १० हजार, बिक्रम सोब- ६० हजार, कृष्ण कार्की- १ लाख, सुमित महर्जन- ७५ हजार, विनोद भण्डारी- २ लाख ५० हजार, सुरज दराई- ३० हजार, अनिल खरेल- ३० हजार, शेर मल्ल- ३० हजार
सीवाईसी अत्तरिया
सन्दीप जोरा- २ लाख ३० हजार, जितेन्द्रसिंह ठकुरी- ७५ हजार, भुवन कार्की- २ लाख १० हजार, दीपेन्द्र रावत- ३० हजार, प्रेम तामाङ- ५० हजार, आदील अन्सारी- ५० हजार, रामनरेश गिरी- ७५ हजार, कमलसिंह ऐरी- ९० हजार, सुबेन्दु पाण्डे- ५० हजार, खगेन्द्र जोशी- ३० हजार, रित गौतम- ३० हजार, ज्ञानेन्द्र कुँवर- ३० हजार
धनगढी स्टार्स
पवन सर्राफ- २ लाख ५० हजार, दिपेश श्रेष्ठ- ८०,०००, सौरभ खनाल- १ लाख ६० हजार, विपिन खत्री- ९५,०००, हरिबहादुर चौहान- ९५ हजार, अमित श्रेष्ठ- १ लाख ८० हजार, राजु रिजाल- ७५ हजार , रोबिन क्षत्री- ३५ हजार, सुनील धमला- १ लाख ८० हजार, सन्दीप रजाली- ४० हजार, धीरज शाही- ३० हजार, कृष्ण ऐर- ३० हजार
विराटनगर किंग्स
कुशल भुर्तेल- १ लाख ६० हजार, पृथु बाँस्कोटा- १ लाख २० हजार, अर्जुन अधिकारी- ३० हजार, किशोर महतो- १ लाख, संसाद शेख- ७५ हजार, राजेश पुलामी- ७५ हजार, आसिफ शेख- १ लाख ८० हजार, हरिशंकर शाह- ९० हजार, सुशन भारी- १ लाख , अमृत गुरुङ- ३० हजार, तृतराज दास- ३० हजार, सुवास ऐर- ३० हजार
खेलाडीको मूल्यसूची