टिप्पर दुर्घटनामा १ को मृत्यु, २ घाइते
दोलखाको विगु गाउँपालिकामा २१ पुसमा मिनी टिप्पर दुर्घटनामा परी १ युवकको मृत्यु भएको छ। घटनामा अन्य २ जना घाइते भएका छन्।
विगु-५ चिलंखाबाट ढुंगा लोड गरेर सिंगटीतर्फ आउँदै गरेको टिप्पर दुसिडाँडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो। घटनामा विगु-६ आलम्पुका टहलबहादुर थामी (३०) को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
टिप्परका चालक विगु-५ का जयराम गुरुङ (२९) र सहचालक विगु-६ का लालकुमार थामी (२५) घाइते भएका छन्। सिंगटीस्थित रोल्वालिङ सामुदायिक अस्पतालमा उनीहरूको उपचार भइरहेको छ। उक्त टिप्पर सडकबाट ८० मिटर तल खसेको छ।
शर्मिला बुढाथोकी, दोलखा