थप समाचारशुक्रबार, २० पौष , २०७५

नेपाली स्टिकर र इमोजी सहितको ‘हाम्रो नेपाली किबोर्ड’

हिमालखबर

हाम्रो पात्रोले नेपाली स्टिकर र इमोजी सहितको ‘हाम्रो नेपाली किबोर्ड’को नयाँ संस्करण ल्याएको छ ।

किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने परिवेशहरु समावेश गरिएको हाम्रो पात्रोले जनाएको छ । जसमा नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली र वैचा वा मैचा गरि आठ किसिमका स्टिकर छन् ।

स्टिकरहरु म्यासेन्जर, फेसबूक, ट्वीटर, भाइबर, स्काइपलगायत समाजिक सञ्जालमा प्रयोग गर्न सकिने छ ।

किबोर्ड डार्क र लाइट गरी दुई डिजाइन थिममा छ । जसको लागि ‘हाम्रो नेपाली किबोर्ड’ को सेटिङमा गएर आफूलाई मनपर्ने थिम छनोट गर्न सकिने छ ।

प्रतिकृया दिनुहोस