थप समाचारशुक्रबार, २० पौष , २०७५

धादिङबाट ४ किलो सुनसहित तीनजना पक्राउ

हिमालखबर

धादिङको गजुरीबाट चारकिलो सुनसहित तीनजना व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बरबहादुर बिकका अनुसार पृथ्वी राजमार्गमा सवारीसाधन चेकजाँचको क्रममा १९ पुस राति दुई मोटरसाइकलमा सवार तीनजना व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रसुवा उत्तरगया गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय संजित वाइवा, नुवाकोट तारकेश्वर गाउँपालिका वडा नं ५ का २२ वर्षीय सुरेन्द्र तामाङ र सोही स्थानका २४ वर्षीय विकास तामाङ छन् ।

उनीहरु सवार बा ८७ प ७७३१ र प्रदेश नम्बर ३, ०२–००३ प २५४० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सानुबाबु तिमिल्सिना, धादिङ

 

प्रतिकृया दिनुहोस