केयू उपकुलपतिको कार्यालयमा तोडफोड
काठमाडाैं विश्वविद्यालय (केयू)को धुलिखेलस्थित उपकुलपतिको कार्यालयमा आज बिहान तोडफोड भएको छ ।
आज, २९ कात्तिक विहान १०ः१५ बजे आएको अपरिचित व्यक्तिहरुको समूहले तोडफोड गर्दा उपकुलपति कार्यालयको दुईटा ढोका, कम्प्युटर, फोटोकपी मेसिन लगायतका सामाग्रीमा क्षति पुगेको केयू प्रध्यापक संघका पूर्व अध्यक्ष डा. बिभुती रञ्जन झाले जानकारी दिए ।
६ वटा मोटरसाइकलमा आएका १२ जनाको समूहले कार्यालयमा तोडफोड गरेको थाहा भए पनि उनीहरु को थिए र किन तोडफोड गरे भन्ने अझै खुलेको छैन ।
केयूका कर्मचारीहरुले भने एमबीबीएस परीक्षा र भर्नाको विषयलाई लिएर कार्यालय तोडफोड गरेको हुन सक्ने अनुमान गरेका छन् ।
तोडफोडका बेला उपकुलपति रामकण्ठ मकाजुकी स्वकीय सचिव अम्बिका खड्का मात्रै कार्यालयमा थिइन् ।