खेलकुदमंगलबार, १७ पौष , २०७५

विराटनगरमा अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन हुने

हिमालखबर

आगामी २४-२८ पुसमा विराटनगरमा राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

मोरङ जिल्ला ब्याडमिन्टन संघ र विराटनगर ब्याडमिन्टन क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा नेपाल, भारत, बाङ्लादेश र म्यानमारका खेलाडी सहभागी हुनेछन्। खेलमा मलेसियालाई पनि सहभागी गराउने प्रयास भइरहेको ब्याडमिन्टन संघका सचिव लवभक्त श्रेष्ठले बताए।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने भएको छ। श्रेष्ठका अनुसार ६ वटा विधामा खेलाइने खेलका विजेतालाई २ सय अमेरिकी डलर पुरस्कार दिइनेछ।

१९ वर्षमुनिका सिंगल, केटा र केटी डबल तथा १५ वर्षमुनिका सिंगल, केटा र केटी डबल प्रतिस्पर्धा गराइने छ। विराटनगर कबर्डहलमा पहिलो पटक म्याट राखेर प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस