खेलकुदशनिबार, १४ पौष , २०७५

माल्दिभ्समा चेम्जोङले पाए उत्कृष्ट गोलकिपर अवार्ड

हिमालखबर

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङले माल्दिभ्समा उत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन् ।

टिसी स्पोटर्स क्लबलाई राष्ट्रिय लिग फुटबल जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण उक्त अवार्ड जितेको माल्दिभ्सको फुटबल महासङ्घले जनाएको छ ।

तीन साताअघि माल्दिभ्स फुटबल डटकम र फुटबल एशोसिएशन अफ माल्दिभ्सले संयुक्त रुपमा किरणलाई उत्कृष्ट गोलकिपरको मनोनयनमा समावेश गरेको थियो । किरणसँगै अन्य दुई खेलाडी पनि मनोनयनमा परेका थिए ।

किरणले गत सिजन माल्दिभ्सको टिसी स्पोर्टस क्लबबाट ‘धिवेही प्रिमियर लिग’ खेलेका थिए ।

गत महीनामात्र नेपाली राष्ट्रिय टोलीका खेलाडी रोहित चन्दले इण्डोनेसियामा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड हात पारेका थिए । रासस

प्रतिकृया दिनुहोस