न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प
न्यूजिल्याण्डको साउथ आईल्याण्डमा शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ विभागलाई उद्धृत गर्दै बीबीसीले ७.४ म्याग्नेच्युडको भूकम्प गएको जनाएको छ । न्यूजिल्याण्डको क्रिसचर्च भन्दा ९५ किलोमिटर टाढा भूकम्प गएको जनाएको छ ।
क्रिस्चर्च चार वर्ष अघि गएको भूकम्पबाट तंग्रिन पाएको छैन । त्यति बेला १८५ जनाको मृत्यु भएको थियो भने शहरको मध्य भागमा क्षति पुगेको थियो । भूकम्पबाट भएको क्षतिको विवरण आएको छैन ।