कला/साहित्यबिहिवार, पौष १२, २०७५

नायिका प्रियंका कार्कीको स्वरमा ‘कसलाई पोखुँ मनको बह’

हिमालखबर

नायिका प्रियंका कार्कीले चलचित्र ‘अनागत’को ‘कसलाई पोखुँ मनको बह’ बोलको गीतमा स्वर दिएकी छन् ।

सुरज शाही ठकुरीको संगीत रहेको गीतमा कार्कीको साथमा अर्पण थापा देखिएका छन् । गीतको शब्द भने ठकुरी र साम्तेन भुटियाले लेखेका हुन् ।

भुटिया निर्देशित चलचित्रमा अर्पण र प्रियंकासँगै प्रविण खतिवडा र रोशिन सुवेदी मुख्य भूमिकामा छन् ।

माउन्टेन रिभर फिल्मस् र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा चलचित्र निर्माण गरिएको हो ।

प्रतिकृया दिनुहोस