नेपालको फाइनल प्रतिद्वन्द्वी मकाउ
एएफसी सोलिडारिटी कपको उपाधिका लागि नेपालले मकाउसँग प्रतिस्पर्धा गर्ने भएको छ । फाइनल खेल मलेसियाको कुचिङस्थित सारावक रंगशालामा ३० कात्तिकमा हुँदैछ ।
मकाउले पेनाल्टी सुटआउटमा ब्रुनाईलाई पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो । नेपालले त्यसअघि नै लाओसलाई पेनाल्टी सुटआउटमै हराएको थियो ।
विश्व फुटबल वरियतामा नेपाल १८६ औं र मकाउ १९६ औं स्थानमा छ । नेपाल पहिलो पल्ट महादेशीय उपाधिका लागि प्रतिस्पर्धामा उत्रन लागेको हो ।