सिरिया युद्ध- सेना फिर्ता गर्दै अमेरिका
बीबीसी
युद्धग्रस्त पश्चिम एसियाली मुलुक सिरियामा तैनाथ सबै सेना फिर्ता गर्ने योजना अमेरिकाले बनाएको छ।
अमेरिकी सेना जतिसक्दो चाँडो फिर्ता गर्ने योजना रहेको रक्षा मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ट्विटमा भनेका छन्, “आईएस समूह पराजित भइसकेको छ। सिरियामा अमेरिकी सेना तैनाथ गर्नुको एक मात्र कारण आईएस नै हो।”
आईएसबाट सिरियाको उत्तरपूर्वी भागलाई छुटकारा दिलाउन करिब २ हजार अमेरिकी सेना तैनाथ गरिएको छ। तर, त्यस क्षेत्रमा अझै आईएस लडाकुको उपस्थिति छ। त्यस क्षेत्रको पुनर्निर्माण गर्न लडाकु समूहहरू असमर्थ रहेको बताउँदै केही अमेरिकी रक्षा अधिकारीहरूले आफ्ना सेना तत्काल हटाउन नहुने सुझाव पनि सरकारलाई दिएका छन्।