तमोरमा र्याफ्टिङ, फिदिममा प्याराग्लाइडिङ
पाँचथरको हिलिहाङ गाँउपालिका–३ पिनासीदेखि माझीटारसम्म तमोर नदीमा व्यवसायिक रुपमा र्याफ्टिङ सञ्चालनमा आएको छ ।
८ मंसीरदेखि पाँचथरस्थित तमोर भ्याली ट्राभल्स टुर एण्ड ट्रेकिङ प्रा.लि.ले र्याफ्टिङ सञ्चालनमा ल्याएको हो ।
र्याफ्टिङका लागि प्रतिव्यक्ति तीन हजार रुपैयाँ शुल्क तोकिएको छ ।
र्याफ्टिङका क्रममा पिनासीघाटदेखि नक्कले, थामदिन, सेती, सिमालीघाटहुँदै १२ किलोमिटर दुरी पार गरेर माझिटार पुगिन्छ ।
त्यस्तै यही कम्पनीले फिदिम नगरपालिकाको लब्रेकुटी र साधुटार क्षेत्रबाट व्यवसायिक रुपमा प्याराग्लाइडिङको उडान थाल्ने तयारी गरेको छ ।
गत साउनमा फिदिमका युवा उद्यमीहरुले फिदिमको रमिते, बतासेडाँडा, साधुटार, लब्रेकुटी र शिलौती क्षेत्रबाट एकैसाथ प्याराग्लाइडिङको सफल परिक्षण गरेका थिए । अब व्यवसायिक रुपमा सञ्चालनको तयारी भएको युवाहरुले जनाएका छन् ।
शब्द/तस्वीर: लक्ष्मी गौतम