आईपीएलमा खेलाडी खरिद बिक्री– कसको मूल्य कति ?
इन्डियन प्रिमियर लिगको १२ औं सिजनका लागि खेलाडी लिलामीको पहिलो राउन्डमा चर्चामा नरहेका भारतीय खेलाडीहरुले आश्चर्यजनक मूल्य पाएका छन्।
यस्तो मूल्य पाउनेमा जयदेव उनादकट, शिवम दुबे र बरुण चक्रवर्ती छन्। त्यसमा सबभन्दा बढी उनादकट चक्रवर्तीले ८.४ करोड भारतीय रुपैयाँ पाएका छन्।
तर, उनादकटले पाएको यो मूल्य भने आफैंमा पहिलो होइन। सत् २०१७ मा लिलामीका दौरान उनादकटले नै ११.५ करोड भारु पाएका थिए। गएको वर्ष राजस्थान रोयल्सका लागि खेलेका उनी यसपटक पनि सोही टिमबाट खेल्दैछन्। उनादकटकै प्रदेश गुजरातबाट आएका अक्षर पटेललाई दिल्ली क्यापिटलले ५ करोड भारुमा खरिद गरेको छ। जबकि, उनको ‘बेस प्राइस’ १ करोड भारु थियो।
वरुण चक्रवर्तीले पनि उनादकटकै बराबर ८.४ करोड भारु पाएका छन्। उनलाई किङ्स-११ पञ्जाबले किनेको छ। सइम कुरानलाई किङ्स-११ पञ्जाबले ७.२ करोड भारुमा किनेको छ भने दिल्ली क्यापिटलले कोलिन इन्ग्रामलाई भित्र्याउन ६.४ करोड भारु तिरेको छ।
५० लाख ‘बेस प्राइस’ रहेका वेस्ट इन्डिजका खेलाडी सिमरान हेटमेयरलाई रोयल च्यालेन्जर्स बैङ्लोरले ४.२ करोड दिएको छ। दिल्ली क्यापिटलले ५० लाख ‘बेस प्राइस’का हनुमा विहारीलाई २ करोड भारुमा खरिद गरेको छ।
यस्तै, किङ्स-११ पञ्जाबले मोहम्मद सामीलाई ४.८ करोड भारुमा खरिद गरेको छ। उनको ‘बेस प्राइस’ १ करोड भारु थियो। श्रीलंकाली तीव्र गतिका बलर लसिथ मलिंगालाई उनकै ‘बेस प्राइस’ २ करोड भारुमा मुम्बई इन्डियन्सले खरिद गरेको छ।
चेन्नई सुपरकिङ्सले मोहित शर्माका लागि ५ करोड भारु दियो। राजस्थान रोयल्सले वरुण एरोनलाई २.४ करोड भारुमा खरिद गर्यो। यसैगरी, किङ्स-११ पञ्जाबले ७५ लाख भारु ‘बेस प्राइस’ रहेका निकोलस पुरनलाई ४.२ करोड भारुमा किन्यो।
जोनी बेरिस्टोलाई सनराइजर्स हैदरावादले २.२ करोडमा खरिद गर्यो, जसको ‘बेस प्राइस’ १.५ करोड थियो। १ करोड ‘बेस प्राइस’वाला इशान्त शर्मालाई दिल्ली क्यापिटल्सले १.१ करोड भारु दियो। मोइजेज हेनरिक्सलाई किङ्स-११ पञ्जाबले उनकै ‘बेस प्राइस’ १ करोड दियो।
पञ्जाबका युवा खेलाडी गुरकिरत सिंहलाई रोयल च्यालेन्जर्स बैंगलोरले ५० लाख ‘बेस प्राइस’मा खरिद गर्यो। यसैगरी, कोलकाता नाइट राइडर्सले ७५ लाख ‘बेस प्राइस’ रहेका वेस्ट इन्डिजका कार्लोस ब्रेथवेटलाई ५ करोड भारु दियो।
भारतीय क्रिकेटका चर्चित अलराउण्डर युवराज सिंहले भने लामो समय खरिदकर्ता भेटेनन्। अन्तिममा मुम्बई इन्डियन्सले उनलाई १ करोड भारुमा भित्र्यायो। टी-२० क्रिकेटका विष्फोटक ब्याट्सम्यान मानिने न्युजिल्याण्डका मार्टिन गप्टिल र ब्रेन्डन म्याक्कुलम भने पहिलो राउण्डमा बिक्री भएनन्। अष्ट्रेलियाका स्पिन बलर एडम जम्पा र इङ्ल्याण्डका तीव्र बलर क्रिस वोक्सका लागि पनि यो राउन्डमा खरिदकर्ता जुरेनन्।
अष्ट्रेलियाका केन रिचार्डसन, दक्षिण अफ्रिकाका हासिम, बाङलादेशका मुस्फिकर रहिम र श्रीलंकाका एन्जेलो म्याथ्युजसहित भारतीय खेलाडीहरु नमन ओझा, चेतेश्वर पुजारा, मनोज तिवारी र सौरभ तिवारी पनि बिक्री भएका छैनन्।
बीबीसी हिन्दीबाट