बाक्लो हुस्सुले जनजीवन प्रभावित
बाक्लो हुस्सुका कारण तराईको जनजीवन प्रभावित भएको छ। तराईका अधिकांश जिल्लामा ४ पुस बिहानैदेखि बाक्लो हुस्सु लागेको छ।
घामका किरण धर्तिसम्म आइपुग्न नसक्ने गरी हुस्सु लागेकाले ५ मिटरसम्म पनि देख्न नसकिने अवस्था छ। अत्यधिक जाडोका कारण विद्यालय र कलेजहरूमा विद्यार्थीको उपस्थिति घटेको छ।
२ पुसदेखि नै तराईमा घाम देख्न मुस्किल भएको छ। बाक्लो हुस्सुका कारण यातायात सञ्चालनमा पनि निकै कठिनाइ छ। मोटरसाइकल चलाउनेको संख्या कम भएको छ भने सार्वजनिक यातायातको चाप पनि कम भएको छ।
सञ्जय मित्र, रौतहट