आरक्षबाट निस्किएको अर्नाको आक्रमणमा एक घाइते
कोशीटप्पु वन्यजन्तु आरक्षबाट बाहिर निस्किएको अर्नाको आक्रमणमा २ पुस राति एक जना गम्भीर घाइते भएका छन्।
कोशी गाउँपालिका-२ का धर्मेन्द्र उरावलाई राति १० बजे अर्नाले आक्रमण गरेको हो। प्रहरीका अनुसार घर बाहिर निस्किएका बेला अर्नाले उरावलाई हानेको थियो।
उरावलाई जिल्ला अस्पताल इनरुवामा उपचार हुन नसकी विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।