गिरीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
ओलीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्– “ पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खबरले मलाई दुःख लागेको छ । यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।”
पूर्वप्रम गिरीको आज बिहान उनकै निवास बूढानीलकण्ठमा ९३ वर्षको उमेरमा निधन भएको हो ।