नेकपा कर्णाली संसदीय दलको नेतामा मुख्यमन्त्री शाही
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको नेतामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चयन भएका छन् ।
२ पुसमा बसेको नेकपा संसदीय दलको बैठकबाट मुख्यमन्त्री शाही संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।
नेकपा कर्णाली प्रदेश सह–इञ्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद आचार्यसहित बसेको बैठकले शाहीलाई संसदीय दलको नेतामा चयन गरेको प्रदेशसभा सदस्य गोपाल शर्माले जानकारी दिए ।
यसअघि नेकपा एमालेको संसदीय दलको नेतामा प्रदेशसभा सदस्य यामलाल कँडेल र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा मुख्यमन्त्री शाही थिए । रासस