परराष्ट्रमन्त्री ज्ञवाली भोलि अमेरिका जाँदै
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भोलि अर्थात् २ पुसमा संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा ज्ञवालीले ३ पुसमा अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग भेटवार्ता गर्नेछन् ।
त्यस्तै, मन्त्री ज्ञवालीको ह्वाइट हाउसका उच्च अधिकारी, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) र मिलेनियम च्यालेञ्ज कर्पोरेशन अधिकारीसँग पनि भेटवार्ता हुनेछ ।
६ पुसमा मन्त्री ज्ञवाली स्वदेश फर्कने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।