सप्तरीमा आगलागी, नियन्त्रणको प्रयास जारी
सप्तरीमा आगलागी हुँदा एउटा घर जलेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-७ का विन्देश्वर साठीको घरमा आगलागी भएको हो। प्रहरीका अनुसार उनको फुसको घरमा आगो सल्केको छ।
आगो नियन्त्रणमा लिने प्रयास भइरहेको सप्तरी प्रहरीले जानकारी दिएको छ। आगलागी नियन्त्रणमा आइसकेपछि मात्रै क्षति र कारणबारे थप विवरण उपलब्ध हुने प्रहरीले बताएको छ।