मन्त्रिपरिषद्को निर्णयः भारु २००, ५०० र दुई हजारको नोट नचल्ने, बालाजु–विदुरमा २६ सय रुख काट्ने अनुमति
सरकारले भारतीय रुपैयाँ २००, ५०० र दुई हजारको नोट नचलाउने निर्णय गरेको छ ।
सरकारले त्यस्ता नोटहरु साथमा राख्नु गैरकानूनी हुने भएकोले प्रयोगमा नल्याउन सार्वजनिक सूचना जारी गर्ने पनि तयारी गरेको छ ।
२४ मंसीरमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले विभिन्न १५ निर्णय भएको जानकारी दिए ।
सरकारले बालाजु–त्रिशुली–छहरे–विदुर सडक योजना स्तरोन्नतिका लागि करीब दुई हजार छ सय रुख काट्ने अनुमति दिने निर्णय गरेको छ ।
त्यस्तै खानेपानीसम्बन्धी संघीय आयोजनाका काम समयमै सम्पन्न गर्न १६७ जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने, नेपाल र कम्बोडियाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णय पनि भएको छ ।
बैठकले आन्दोलनरत पक्षसँग वार्ता गर्न बनाएको वार्ता टोलीको अवधि १५ दिन थप गर्ने निर्णय गरेको छ ।
त्यसैगरी सरकारले गोरखापत्र संस्थानमा टिकाराम राईलाई व्यवस्थापन, मार्केटिङ र प्रिन्टिङ हेर्नेगरी विज्ञ सल्लाहकारमा र अधिवक्ता कुमारप्रसाद भट्टराईलाई कानूनी सल्लाहकारमा नियुक्त गर्ने पनि निर्णय गरेको छ ।
हेर्नुहोस् निर्णयहरुः