कम्युनिष्टले जनतालाई धोका दिएः रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टले नेपाली जनतालाई धोका दिएको बताएका छन् ।
आफैंले लेखेको पुस्तक ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद’ को विमोचन गर्दै पौडेलले सुशासन र समृद्धिका नाममा वर्तमान सरकारले जनतालाई धोका दिएको बताएका हुन् ।
पौडेलले कांग्रेस र कम्युनिष्टको समाजवादका सम्बन्धमा देखिएको विवाद र बहस पुस्तकमा उल्लेख गरेको बताएका छन् ।
उनले भने, “राजनीतिक विचारधारा कमजोर भयो भने समाजमा अराजकता र विचलन आउँछ ।”
पौडेलेले कांग्रेसमा विचारको खडेरी नभई बहसको आवश्यकता रहेको पनि बताए ।