हेपाटाइटिस ‘बी’ को संक्रमणबाट दुईको मृत्यु
सोलुखुम्बुमा हेपाटाइटिस ‘बी’ को संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
जिल्ला अस्पताल फाप्लुकाअनुसार हेपाटाइटिस ‘बी’ को संक्रमण भएका तीनमध्ये दुईको ज्यान गइसकेको छ ।
एक जना बिरामीले उपचार गराइरहेको अस्पतालका सूचना अधिकारी सानी शेर्पाले जानकारी दिइन् ।
सोलु हेल्थकेयर सेन्टर, सोलुका डा. राजेन्द्र बस्नेतका अनुसार हेपाटाइटिस ‘बी’ मानिसमा मात्र लाग्ने हेपड्ना समूहको डिएनए भाइरसबाट सर्ने रोग हो ।
सन् १९८० को शुरुबाट हेपाटाइटिस ‘बी’ विरुद्ध प्रभावकारी खोप कार्यक्रम थालेपछि यस रोगको महामारीमा कमी आएको बताइन्छ । यो रोग यौन सम्पर्क तथा रगतको माध्यमबाट सर्ने डा. बस्नेतको भनाइ छ । रासस