हुन्डाई टुशन २०१९ नेपालमा
हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एसयूभी टुशन २०१९ नेपाली बजारमा भित्र्याएको छ ।
नयाँ टुशन आकर्षक डिजाइन, अत्याधुनिक सुरक्षा विशेषता, शक्तिशाली ४ सिलिण्डर इन्जिनयुक्त रहेको कम्पनीले जनाएको छ ।
ठूलो आन्तरिक स्पेश सहितको टुशन २०१९ मा अगाडिको सिट तताउन र चिसाउन मिल्ने प्रविधि, तार रहित स्मार्टफोन चार्जिङ सुविधा छ । यसको पछाडीको सिट पनि एडजस्टेबल छ ।
यसमा फोर ह्वील ड्राइभ, रियर पार्किङ असिस्ट, ६ वटा एअर ब्याग, पछाडि हेर्न मिल्ने इलेक्ट्रोनिक क्रोमिक ऐना, लेदर स्टेरिङ लगायत विशेषता छन् ।
१९९५ सीसीको नयाँ टुशनमा ७ स्पिड अटोमेटिक गियर, इलेक्ट्रोनिक पार्किङ ब्रेक, एलईडी हेट र टेल लाइट, लेन चेन्ज वार्निङ, अगाडि र पछाडि डिक्स ब्रेक लगायतका सुरक्षा विशेषता छन् ।