हुम्लामा हिमपात, तापक्रम माइनस ११
कर्णाली प्रदेशका हिमाली जिल्लामा २६ मंसीर रातिदेखि हिमपात शुरु भएको छ । दुई दिनदेखि लगातार हिउँ परेपछि तापक्रम माइनस ११ मापन गरिएको छ ।
उच्च हिमाली जिल्ला हुम्लामा यो वर्ष दोस्रोपटक हिमपात हुँदा जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिकमा हिउँ परेको थियो ।
बुधबार राति करीब ८ बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हँुदा चिसो बढेको छ ।
उत्तरी नाम्खा गाउँपालिकामा एक फिटभन्दा बाक्लो हिउँ परेको छ । सदरमुकाम सिमकोटमा पनि आज बिहानदेखि हिमपात भएसँगै चिसो बढेकोे छ । रासस