जिल्ला अदालतद्वारा भीएलएनका सञ्चालक श्रेष्ठलाई सफाइ
जिल्ला अदालत ललितपुरले भीएलएन नेपाल प्रा.लि.का प्रबन्धनिर्देशक रामप्रसाद श्रेष्ठले सफाइ दिएको छ ।
आज, २६ मंसीरमा न्यायाधीश विश्वमंगल आत्रेयको एकल इजलासले श्रेष्ठलाई सफाइ दिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रेष्ठलाई मलेशिया जाने कामदारबाट अनधिकृत रुपमा रकम उठाएको भन्दै कारबाही गरेको थियो ।
प्रहरीले ४ जेठ २०७५ मा प्रबन्ध निर्देशक श्रेष्ठ र कम्पनीका अन्य केही कर्मचारीलाई पक्राउ गरेको थियो । श्रेष्ठसँगै ४४ जना मेडिकल सञ्चालक पनि पक्राउ परेका थिए ।
श्रेष्ठसँग कामदारबाट अनधिकृत रूपमा असुलिएको रु.२ अर्ब ८६ करोड बिगो माग दाबी सहित परेको मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश अमृतबहादुर बस्नेतको एकल इजलासले रु. १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
न्यायपरिषद्ले आदेश दिने न्यायाधीश बस्नेतमाथि छानबिन गर्ने बताएपनि छानबिन कहाँ पुग्यो भन्ने सार्वजनिक जानकारी दिइएको छैन ।
धरौटी बुझाएर रिहा भएपछि पुनः उनलाई ललितपुर प्रहरीले पक्राउ गरेर जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो ।
पढ्नुहोस् ।