उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरमा
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन् ।
विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आदित्यनाथ आज बिहान निजी विमानमार्फत जनकपुर विमानस्थलमा ओर्लिएका गरेका हुन् ।
आदित्यनाथलाई विमानस्थलमा संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्र अधिकारीसहित प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतलगायतले स्वागत गरे ।
आदित्यनाथ विमानस्थलबाट सीधै जानकी मन्दिर पुगेर पुजाअर्चना गरेका छन् ।
आजै रङ्गभूमि मैदान बाह्रबिघामा आयोजना हुने कार्यक्रमलाई प्रदेश–२ का मुख्यमन्त्री राउत र मुख्यमन्त्री योगीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । रासस