युवा वैज्ञानिकको सम्मेलनमा नेपाललाई रजत पदक
थाइल्याण्डमा भएको युवा वैज्ञानिकको सातौं एशिया प्यासेफिक सम्मेलनमा नेपालले रजत पदक जितेको छ ।
नेपालको तर्फबाट सहभागी भएको वृहस्पति विद्या सदनका सुजल राजभण्डारी र कृष्ण पोदारले १९ देखि २४ मंसीरमा भएको सम्मेलनमा उक्त पदक जितेका हुन् ।
राजेश श्रेष्ठको प्रशिक्षणमा सुजल र कृष्णले इन्जिनियरिङ विधाअन्तर्गत आफ्नो प्रस्तुति राखेका थिए ।
इन्जिनियरिङ विधामा जापानले स्वर्ण पदक जितेको छ । त्यस्तै वातावरण विज्ञान अन्तर्गत नेपालले रजत र कास्य पदक पनि जितेको छ ।
सम्मेलनमा सहभागी २० देशका युवा वैज्ञानिकले इन्जिनियरिङका साथै विज्ञान, गणित, वातावरण, कम्प्यूटर साइन्स लगायतका विधामा आफ्नो कौशल प्रस्तुत गरेका थिए ।