उद्योगलाई फोहोर जलाउन प्रतिबन्ध
सरकारले उद्योग तथा कलकारखानालाई फोहोर जलाउन प्रतिबन्ध लगाएको छ।
उद्योग तथा कलकारखानाबाट निस्कासित फोहोर जलाउँदा वातावरणमा प्रतिकुल प्रभाव परेको बताउँदै सरकारले प्रतिबन्ध लगाएको हो। वातावरण विभागका सिनियर डिभिजनल केमिष्ट शंकरप्रसाद पौडेलका अनुसार त्यसका लागि राजपत्रमा सूचना प्रकाशित गरी बाध्यकारी व्यवस्था गरिएको छ।
३ मंसिर २०७५ मा प्रकाशित राजपत्रमा वातावरण संरक्षण ऐन २०५३ को दफा ७ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी उद्योगहरूलाई खुला रूपमा फोहोर जलाउन प्रतिबन्ध लगाइएको उल्लेख छ।
कसैले उक्त प्रावधानविपरित काम गरेमा कसुरको मात्रा हेरी रु. ५० हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था ऐनमा छ।