नक्कली सुन बेच्ने दुई पक्राउ
महानगरीय प्रहरी परिसर काठमाडौंले रु ६६ लाखमा दुई किलोग्राम नक्कली सुन बिक्री गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।
परिसरको टोलीले बौद्ध स्तुपानजिक सुन बेचबिखन गर्न हिँडिरहेका सिन्धुपाल्चोकका २३ वर्षीय लालबहादुर लामा र सिन्धुपाल्चोककै २२ वर्षीय राजीव तामाङलाई पक्राउ गरेको हो ।
परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले उनीहरुको साथबाट एक÷एक किलोग्रामका दुईवटा बिस्कुट बरामद गरेको जानकारी दिए ।
पक्राउ परेका तामाङ यसअघि पनि नक्कली सुन बेचबिखन गरेको अभियोगमा पक्राउ परेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट धरौटीमा छुटेका थिए । रासस