काठमाडौंको तापक्रम ४.८, केही दिनमै माइनसमा झर्ने
काठमाडौं उपत्यकाको तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियसमा झरेको छ ।
तापक्रम निरन्तर घटिरहेकाले केही दिनमै माइनसमा झर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै पुसको पहिलो सातादेखि तराई क्षेत्रमा हुस्सु लाग्ने अनुमान गरिएको छ ।
पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलो लागिरहेको छ ।
अहिले ताप्लेजुङ र जुम्लाको तापक्रम माइनसमा झरेको छ ।
त्यस्तै, वीरेन्द्रनगरको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम २८.५ डिग्री मापन गरिएको छ । रासस