अब सुगर रहित कोका–कोला
कोका–कोला कम्पनीले आफ्नो लोकप्रिया उत्पादन कोक जिरो नेपाली बजारमा ल्याएको छ । कोक जिरोको विशिष्टता भनेका ‘सुगर रहित’ भएर पनि यसको स्वाद कोका–कोलाको जस्तै हुनु हो । कम्पनीका अनुसार यो रु.६५ मा ५०० मि.लि. को पेट बोटल, रु.७५ मा ३०० मि. लि. क्यान र रु.४५ मा १८० मि.लि.को क्यानमा उपलब्ध हुनेछ ।
कोक जिरो नेपालका १५ वटा प्रमुख शहरहरुमा रहेका विभिन्न पसल, आधुनिक ब्यापारिक केन्द्र र कोका–कोलासंग आबद्ध बिशेष स्थानहरुबाट विक्री वितरण गरिएको कम्पनीले जनाएको छ ।
नायिका प्रियंका कार्की, गायक सबिन राई तथा गायिका इन्दिरा जोशीले कोका–कोेला इन्डिया तथा दक्षिण एशियाका अध्यक्ष वेङ्कटेश किनि र कोका–कोला कम्पनी बोटलीङ इन्भेस्टमेन्टस् ग्रुप (बिआईजी)का क्षेत्रिय निर्देशक टि. कृष्णकुमारको उपस्थितिमा कोक जिरो सार्वजनिक गरेका हुन ।
बिआइजीका क्षेत्रिय निर्देशक टि. कृष्णकुमारले भने, “सार्क राष्ट्र भित्र रणनितीक स्थान ओगटेको नेपाल हाम्रो प्रमुख बढ्दो बजार पनि हो । कोका–कोला जिरो उत्पादन गर्नका लागि नेपालमै हामीले पू्र्वाधार विकास गरेका छौं ।”
कोका–कोेला इन्डियाका अध्यक्ष वेङ्कटेश किनिले उपभोक्ताले आफूलाई सुगर भेरिएन्ट आवश्यक परेका बेला कोका–कोला छनौट गर्ने विश्वास व्यक्त गरे ।