बालक मृत फेला
कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ अत्तरिया टोलमा आज एक बालक मृत फेला परेका छन् ।
खड्क बमका १२ वर्षीय छोरा विवेक मृत फेला परेको प्रहरीले जनाएको छ ।
बालकको शव घर भन्दा १२० मिटर टाढा छिमेकी जयबहादुर महताको गोठमा फेला परेको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरतबहादुर धामीले जानकारी दिए ।
विवेकको कानबाट रगत बगेको, आैँलामा चोट लागेको र पिँठ्युमा निलडाम भएको शव फेला परेको छ, उनले भने, “शव शङ्कास्पद फेला परेकाले अनुसन्धानको कार्य भइरहेको छ ।” रासस