खुम्बुमा भारतीय पर्यटकको मृत्यु
खुम्बु क्षेत्रको भ्रमणमा आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ।
भारतीय नागरिक रविकान्त मिश्र (३०) को २३ मंसीरमा अचानक बिरामी भर्इ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ। रामवेलर्स नेपाल ट्रेकिङ एड्भेन्चर प्रालि नेपालगञ्जमार्फत सगरमाथा आधार शिविर भ्रमणमा आएका मिश्र २२ मंसीर साँझ खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ थुक्लाको याक होटलमा बसेका थिए।
एक्कासी बिरामी भएपछि उपचारका लागि ल्याउने क्रममा लुक्लामा ज्यान गएको प्रहरीले जनाएको छ। उनको शव कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ। रासस