शहीद स्मारक 'ए' डिभिजन लिग- एपीएफ विजयी
शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलअन्तर्गत २३ मंसीरमा सम्पन्न खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपीएफले सरस्वती युवा क्लबलाई ३-० गोलअन्तरले पराजित गर्यो । एपीएफका लागि रूपबहादुर लामाले २ गोल गरे ।
उनले खेलको १८औं र ८७औं तथा युवराज लामाले ४३औं मिनटमा गोल गरेका थिए । एपीएफ जितसँगै १० अंकसहित लिगको सातौं स्थानमा छ भने सरस्वती क्लब ६ अंकसहित नवौं स्थानमा छ । रासस