संसदीय सुनुवाइ समितिबाट प्रस्तावित चारै राजदूतको नाम अनुमोदन
संघीय संसदको संसदीय सुनुवाइ समितिले सरकारले प्रस्ताव गरेको ४ राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
समितिको २३ मंसीरको बैठकले भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि राजदूतमा डा अञ्जान शाक्यको नाम अनुमोदन गरेको हो ।
प्रस्तावित राजदूतको योग्यता, सोच, कार्ययोजना र अवधारणा सुनेपछि नाम स्वीकृत गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। सरकारले २५ कात्तिकमा चारै जनालार्इ राजदूतका लागि सिफारिस गरेको थियो । रासस