आज बस्ने भनिएको संसद् बैठक स्थगन
व्यवस्थापिका–संसद्को आज, २५ कात्तिकका लागि तोकिएको बैठक स्थगन भएको छ ।
संसद् सचिवालयले सूचना प्रकाशित गरी आजका लागि निर्धारित बैठक स्थगन गरेको सहप्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिए ।
संसद्को अर्को बैठक यही कात्तिक २६ गते बिहान ११ बजे बस्नेछ ।
संसद् बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो ।
आज फाल्गुनन्द जयन्ती परेका कारण किराँत समुदायका सांसदहरुको विशेष आग्रहमा बैठक स्थगित भएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिएका छन् ।