भारतमा मोटरसाइकल दुर्घटनामा १ नेपालीको मृत्यु
भारतमा मोटरसाइकल दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ। घटनामा अर्का एक नेपाली घाइते भएका छन्।
दक्षिण भारतीय राज्य तमिलनाडुको कृष्णागिरि भन्ने ठाउँमा २० मंसीरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार बैतडीको दोगडाकेदार-७ देउलेक स्थायी घर भएका लक्ष्मण कार्की (२४)को मृत्यु भएको हो।
बैङ्लोरस्थित सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष लीलाधर कपाडीका अनुसार मोटरसाइकलमा पछाडि बसेका दोगडाकेदार–२ का वीरेन्द्र विष्ट घाइते छन्। उनलाई तमिलनाडुबाट थप उपचारका लागि बैङ्लोर लगिएको छ। रासस