चन्द्रमाको अदृष्य भागमा चीनको अन्तरिक्ष यान
चीनले चन्द्रमाको अदृष्य भागलाई लक्षित गर्दै एक अन्तरिक्ष यान पठाएको छ। चन्द्रमामा चीनको यो पहिलो अन्तरिक्ष मिसन हो, जसले एक रोबोटिक यानलार्इ सतहमा उतार्नेछ।
‘चेन्ज–४’ नाम दिइएको मिसनअन्तर्गत् रोबोटिक यान वैज्ञानिकहरूले ‘भोन कार्मन क्रेटर’ नाम दिएको चन्द्रमाको सतहमा उत्रिनेछ। चन्द्रमाको उक्त भाग पृथ्वीबाट कहिल्यै देखिएको छैन। त्यसैले वैज्ञानिकहरूले ‘डार्क साइड’ अर्थात् अदृष्य भाग संज्ञा दिएका छन्।
अन्तरिक्ष यानले सतहमा उत्रेर चट्टान र माटो संकलन गरी पृथ्वीमा ल्याउनेछ। जनवरी पहिलो सातापछि उक्त यान चन्द्रमाको सतहमा उत्रिने अपेक्षा छ।
‘भोन कार्मन क्रेटर’को रहस्य खोतल्ने वैज्ञानिक प्रयास पुरानै हो, जो कुनै विशाल क्षुद्रग्रह ठक्कर खाँदा अर्बौं वर्षअघि बनेको हुन सक्ने उनीहरूको अनुमान छ। चिनियाँ अन्तरिक्ष यानले त्यस भागको भूसतह तथा माटो र चट्टानको बनोटको प्रकृति विश्लेषण गर्न मद्दत पुर्याउने वैज्ञानिकहरूको आशा छ।
पृथ्वीबाट चन्द्रमाको एकै भाग मात्र देखिन्छ। किनकि, चन्द्रमा आफ्नो अक्षमा घुम्न त्यति नै समय लगाउँछ, जति पृथ्वी आफ्नो कक्षमा घुम्न समय लगाउँछ। पृथ्वीबाट नदेखिने चन्द्रमाको त्यस भागमा पनि सूर्यको प्रकाश पुग्छ। तर, त्यो भागको विस्तृत रहस्य खोतल्न वैज्ञानिकहरू असफल रहँदै आएका छन्।बीबीसीबाट